‘महापुरुष’ को कमाई उत्साहजनक, दोश्रो साता पनि दर्शकको साथ


कार्तिक ११ गतेबाट रिलिज भएको चलचित्र ‘महापुरुष’ ले रिलिजको दोश्रो सातामा पनि कमाईको उछाल कायम राखेको छ। पहिलो हप्तामा ४ करोड ५० लाख बराबरको ग्रस निर्माण टिमले गरेको थियो। दोश्रो हप्तामा पनि चलचित्रलाई दर्शकले राम्रो साथ दिएका छन्।

दोश्रो हप्ताको शनिबार पनि दर्शकले हाउसफुल साथ दिएका छन्। मोफसलको भ्रमण सकेर चलचित्रको टिम शनिबार दर्शक भेट्न राजधानीका हलमा पुगेको थियो। चलचित्रको कमाई ५ करोड माथिको ग्रस पुगेको निर्माण टिमले जानकारी दिएको छ। प्रदिप भट्टराई निर्देशित चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्