‘नाई न भन्नु ल ६’ मा केकी अधिकारी, झापामा चल्दैछ सुटिङ्ग


अभिनेत्री केकी अधिकारीले ‘नाई न भन्नु ल ६’ को सुटिङ्ग सेट ज्वाइन गरेकी छिन्। आंचल शर्मा र आशिर्वाद क्षेत्री मुख्य भूमिकामा रहेको चलचित्रमा केकी अधिकारी पनि जोडिएकी छिन्। झापाको विर्तामोडमा यतिबेला केकीले आफ्ना सिनको टेक दिइरहेकी छिन्।

विकास राज आचार्यको निर्देशनमा तयार भैरहेको चलचित्रमा बाल कलाकारको रुपमा अर्थब लुइँटेल उप्रेतीले डेव्यु गरेका छन्। अनुभव रेग्मी अतिथि भूमिकामा देखिदैछन्। चलचित्र बैशाख १ गते रिलिज हुने तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्