A vertical shot of the black cat in the dark darkness

‘छक्का पन्जा ४’ को डिजिटल राइट्स बिक्यो, ओएसआरले कति तिर्यो?


चलचित्र ‘छक्का पन्जा ४’ को डिजिटल राइट्स बिक्रि भएको छ। फागुन १९ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्रको डिजिटल राइट्स ओएसआर डिजिटलले किनेको छ। छक्का पन्जा ४ को तर्फ बाट निर्माता तथा कलाकार दिपकराज गिरि र ओएसआरको तर्फबाट ओम प्रकाश अग्रवालले सम्झौतापात्रमा हस्ताक्षर गरेका छन्।


दुवै तर्फले चलचित्रको डिजिटल राइट्सको रकम नखुलाए पनि ६० लाख बराबरमा बिक्रि भएको श्रोतले बताएको छ। चलचित्रको ब्रान्ड भ्यालु नि महँगो भएका कारण राइट्समा रकम उल्लेख्य तिरेर किनेको अग्रवालले बताए।

हेमराज बिसी निर्देशित चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्