A vertical shot of the black cat in the dark darkness

सरिता लामिछानेको ‘सरि मम’ टिजर, बदलियो रिलिज मिति


सरिता लामिछाने मुख्य भूमिकामा रहेको चलचित्र ‘सरि मम’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले सरिताको जन्मदिनको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरेको हो। लागुऔषधविरुद्ध सन्देश दिने चलचित्रमा दुर्व्यसनमा परेपछि उत्पन्न हुने परिस्थिति, त्यसले व्यक्ति र परिवारलाई पार्ने असरलाई मुख्य कथा बनाईएको छ।

मङ्सिर १५ लाई रिलिज मिति तय गरिएको चलचित्र अव मङ्सिर २९ मा रिलिज हुने भएको छ। नवीन बोगटीको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल , एलिश राई, प्रभात पल, प्रेविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ र युनिसा बजगाईंको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्