पहिलो सन्तानको तयारीमा सांगीतिक जोडी अर्जुन र दुर्गा


सांगीतिक दम्पति अर्जुन पोख्रेल र दुर्गा खरेल पहिलो सन्तानलाई जन्म दिने तयारीमा रहेका छन् । अर्जुनले आफ्नो समाजिक संजाल मार्फत आफुहरु पहिलो सन्तानको माता-पिता बन्न तयार रहेको जानकारी दिएका छन्। उनले पत्नी दुर्गा खरेलको एक तस्विर पोष्ट गर्दै ,’तिमी भित्र हाम्रो खुसी फूल्दैछ पियारी ‘ उल्लेख गरेका छन्।

अर्जुनले हामीसंगको कुराकानीमा अढाई महिनाको प्रेग्नेंसी टाइम भएको र बच्चाको हार्टबिट महसुस गरेपछि यो खुशी सबैलाई शेयर गर्न मन लागेको बताए।

अर्जुन भन्छन्, हामि केहिसमयबाट सामजिक संजालमा पनि कम अपडेटमा रहेका थियौ। मेरा साथीभाइहरु पनि दुर्गाको बारेमा सोधिरहेका हुन्थे। हामी यहि खुशीको खबर सवैलाई सुनाउन आतुर थियौ। हिजो(मङ्सिर १३) गते यो खुशीको खबर सबैलाई जानकारी दियौ।

उनि अगाडी थप्छन्, ‘जीवनमा जन्म, मृत्यु र विवाह शास्वत कुरा नै हो। विवाहित दम्पतिको जीवनमा सन्तानको खुशी अपेक्षित हुन्छ। हामी पनि त्यो अपेक्षामा थियौ र सन्तान प्राप्तिको तयारीमा पनि छौ। श्रीष्टिको निरन्तरताको लागी पनि यो आवश्य छ। हामी कति खुशी छौ त्यो व्यक्त गर्न सक्दैनौ। यी कुरा हेर्दा समान्य जस्तो लाग्छ तर जसको लागि हुन्छ त्यो सबैभन्दा खुशीको क्षण हुन्छ। ‘

प्रतिक्रिया दिनुहोस्