बलिउडको स्टुडियोमा जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’


डा: कपिल रिजालको निर्देशन तयार भएको चलचित्र ‘ह्यारी की प्यारी’ को पोष्ट प्रोडक्सनको काम यतिबेला मुम्बईमा भैरहेको छ। कमेडीमा अब्बल जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको पहिलो सहकार्यमा बनेको चलचित्रमा दुवैको जोडी कस्तो रहेको छ यो चासोको बिषय हो। माघ २० गतेलाई रिलिज मिति तय गरिएको चलचित्रका केहि पोष्टर सार्वजनिक भैसकेका छन् । सार्वजनिक पोष्टरले चलचित्र प्रति दर्शकको कौतुहलता पक्कै रहेको छ।

निर्देशक रिजालकै कथा र प्रस्तुति रहेको चलचित्र पोष्ट प्रोडक्सनको काम बलिउडका चर्चित चलचित्रको काम हुने स्टुडियो प्राइम फोकस स्टुडियोमा भैरहेको छ। नेपालमा प्रयाप्त प्रोडक्सन स्टुडियो भएपनि राम्रो नतिजा दिन मुम्बईको अत्याधुनिक स्टुडियोमा प्रोडक्सन कार्य थालनी गरिएको निर्देशक रिजालले बताए । नेपालमा नै प्रयाप्त स्टुडियो हुँदा पनि आफ्नो कामलाई अझै निखार मिलोस भनेर बलिउडको स्टुडियोमा पुगेको निर्देशक रिजालले बताए। टेक्निकल हिसाबले काम गर्न अझ सजिलो भएको निर्माण टिमले जानकारी दिएको छ।

सिनेमा सम्पादनको लागि मुम्बई पुगेका अभिनेता जितु नेपाल त्यहाँको स्टुडियोले नेपाली चलचित्रलाई दिएको माया र सम्मानको कदर गर्छन ।

जितु भन्छन्, ‘हामि उहाँहरुको क्लाइन्ट भएका कारण राम्रो काम दिनु भएको छ । अझ त्यो भन्दा नि राम्रो कुरा उहाँहरुले नेपालीलाई दिएको सम्मान । उहाँहरुले बलिउड चलचित्रकर्मीलिई जस्तै हामीलाई पनि सम्मान दिनु भएको छ । उहाँहरु नयाँ काम गर्न पाएकोमा उत्साहितपनि देखिनु भएको छ ।’

स्टुडियोका प्रोडक्सन हेड निर्मल गाला आफुहरुले राम्रो काम दिने र समय मै चलचित्रको काम सकाउने बताउछन् । उनले २० वर्षे लामो करिअरमा ८ सय बढी चलचित्रको काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्