‘कमेडी च्याम्पियन’ का विक्की र श्रद्धाको इन्गेजमेन्ट


‘कमेडी क्लव विथ च्याम्पियन’ का निर्देशक विक्की अग्रवाल र सह-निर्देशक तथा कलाकार श्रद्धा प्रसाईले इन्गेजमेन्ट गरेका छन्। टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका विक्की र श्रद्धा केहि समयबाट प्रेममा रहेका थिए।

दुवैको प्रेम रियालिटी शो बाट नै अंकुराएको चर्चा केहि समय अगाडीबाट नै चलेको थियो। बिहिबार एक समारोहका विच श्रद्धा र विक्कीले इन्गेजमेन्ट गरेका हुन्। पारिवारिक व्यक्तित्व र कमेडी च्याम्पियनको टिमलाई साक्षी राखेर दुवैले इन्गेजमेन्ट गरेका हुन्। केहि महिना भित्र नै दुवैले विवाह गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्