हेमन्त रानाको ‘टिकी’ मा रेश्मा


गायक हेमन्त रानाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ‘टिकी ‘ सार्वजनिक गरिएको छ। जी. एच इन्टरटेन्मेन्टको अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा सङ्गीत सुशान्त गौतमको रहेको छ।

सुलभ पहारीको निर्देशनमा बनेको भिडियोमा हरि हुमागाईँको छाँयाकन रहेको छ भने भिडियोलाई सम्पादन निमेश श्रेष्ठले गरेका हुन् । भिडियोमा रेश्मा घिमिरे र मनोज आर. सिको जोडि जमेको छ ।

गायक हेमन्तका थुप्रै गीतहरू चर्चामा छन् । ‘लैजा रे, सुन साइँली, तिमी छौँ र पो, दुबो फुल्यो’ लगायतका गीतहरू सुपरहिट छन्।

प्रतिक्रिया दिनुहोस्