‘हात्तीछाप’ मा पारिश्रमिक बढाउदै उपासनाको इन्ट्री


अभिनेत्री उपासना सिंह ठकुरी लगातार हिट चलचित्र दिईरहेकि छिन्। पछिल्लो रिलिज ‘डिसेम्बर फल्स’ बाहेक सबै चलचित्रले बक्स अफिसमा सफल व्यापार गरेका छन्। उनै उपासना नयाँ चलचित्र ‘हात्तीछाप’ मा भित्रिएकी छिन्। उनको पछिल्लो हिट चलचित्र ‘दुई नम्बरी’ का निर्माता तथा प्रस्तुतकर्ताको चलचित्र हो ‘हात्तीछाप’। यो चलचित्रमा दयाहाङ्ग राई र सौगात मल्ल पहिले नै तय भैसकेका छन्।

अभिनेत्री उपासना भने पारिश्रमिकका कारण चलचित्रमा भित्रिन सकिरहेकी थिइनन्। उपासनाले आफ्नो पारिश्रमिक बढाएकी छिन्। उनले आफ्नो पारिश्रमिक १० लाख पुर्याएको श्रोत बताउछ। दुई नम्बरीमा ६ लाख आसपास पारिश्रमिक उनले लिएको बुझिन्छ। प्रस्तुतकर्ता किरण नेपाली उपासनाले बढाएको पारिश्रमिकका कारण अन्योलमा रहेका थिए। तर अब दुवै बीच चलचित्रका लागी सहमित भएको छ। सिमोस सुनुवारले निर्देशन गर्ने चलचित्रको कथा प्रदिप भारद्धाजले लेख्दैछन्। चलचित्रमा केहि मुख्य कलाकारको फाइनल हुन् बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्