A vertical shot of the black cat in the dark darkness

प्रियंकाका लागि व्यस्त २०२३ : रियालिटी शो देखि मुन्द्रेको कमेडी क्लबसम्म


अभिनेत्री प्रियंका कार्कीले आफ्नो व्यस्ततालाई पुन: बढाएकी छिन्। प्रेग्नेन्सीपछि करिव ३० केजी तौल घटाएर प्रियंका आफ्नो कामको सक्रियता बढाएकी छिन्। उनले ‘फुलबारी’ र ‘ नाई न भन्नु ल ६’ को सुटिङ्ग सम्पन्न गरेकी छिन्। एक डान्स रियालिटी शोको जजको रुपमा उनि अनुबन्धित भैसकेकी छिन्।

केहि म्युजिक भिडीयोमा पनि उनले अभिनय गरेकी छिन्। यो संगै उनि एक शोमा अनुबन्धित भएकी छिन्। जितु नेपाल मुन्द्रेले संचालन गर्ने मुन्द्रेको कमेडी क्लबको नयाँ अध्यक्षको रुपमा अनुबन्धित भएकी छिन्। यस अगाडी यो शोमा दिपाश्री निरौला र करिश्मा मानन्धर अध्यक्षको रुपमा काम गरिसकेका छन्। नयाँ जिम्मेवारीको बारेमा प्रियंका भन्छिन् , ‘ सवैलाई थाहा छ मलाई हास्न धेरै मनपर्छ। यो शोका लागि निकै उत्साहित रहेकी छु।’

प्रियंकासंग काम गर्नका लागी निर्माता तयार हुनको पछाडी प्रमोशनमा उनले दिन साथले पनि हो। उनि जे काम गर्छिन्, त्यसको पब्लिसिटीका लागी उनि हमेशा तयार रहने हुन्छिन्। उनि चाडै नयाँ एक चलचित्रमा अनुबन्ध हुने चर्चा समेत रहेको छ। यसरी हेर्दा वर्षा २०२३ प्रियंकाका लागी सर्वाधिक व्यस्त बर्ष रहने पक्का रहेको छ। उनि अभिनित ‘चि मुसी चि’ पौष २२ गते शुक्रबार बाट प्रदर्शनमा आएको छ।

प्रतिक्रिया दिनुहोस्