ट्रेलरमा हेर्नुहोस् जीतु र साम्राज्ञीको ‘ह्यारी की प्यारी’


जीतु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘ह्यारी की प्यारी’ को ट्रेलर सार्वजनिक भएको छ। कमेडी र इमोसनलाई मिक्स गरिएको ट्रेलर आकर्षक देखिएको छ। पैसाका लागी संघर्ष गरिरहेका जीतु नेपाल (ह्यारी) र भेट भएकी साम्राज्ञी राज्य लक्ष्मी शाह (प्यारी) को जीवनमा आउने उतारचढाव वरिपरि चलचित्रको ट्रेलर घुमेको छ।

नेपाली चलचित्रको स्थापित व्यानर ‘बिआर फिल्म्स’ को व्यानरमा निर्माण भएको चलचित्रलाई डा कपिल रिजालले निर्देशन गरेका छन्। चलचित्रमा जीतु र साम्राज्ञीको साथमा विजय बराल लक्ष्मी गिरि लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र यहि माघ २० गतेबाट रिलिजको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्