‘ह्यारी की प्यारी’ लिएर मोफसल दौडमा जीतु र साम्राज्ञी


जीतु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘ह्यारी की प्यारी’ को मोफसल टुर सुरुवात भएको छ। चितवनमा जारी चितवन महोत्सवमा पुगेर निर्माण टिमले औपचारिक मोफसल टुरको सुरुवात गरेको छ। नेपालगंजमा पनि निर्माण टीम भ्रमणका लागी पुगेको थियो। मोफसल टूरमा निर्देशक डा. कपिल रिजाल, जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाल लगायतका कलाकारहरु रहेका छन्।

माघ ७ गतेसम्मको सेड्युल तय गरिएको टूर चितवन पछि पर्सा हुँदै पोखरा, बेनी, बुटवल, हेटौंडा, विराटनगर, धरान, इटहरी, दमक र विर्तामोड पुग्नेछ। यी शहरहरुमा निर्माण टिमले महोत्सवसंगै बिभिन्न क्याम्पस, मल र मिडियासंग अन्तरक्रिया गर्नेछ । विर्तामोडपछि राजधानी फर्किएर टिमले काठमाडौं उपत्यकामा बिभिन्न कार्यक्रम र मिडिया अन्तरक्रिया गर्ने सेड्युल तय गरेको छ ।

सम्झौताको विवाहले जीवनमा नित्याउने उतारचढावलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको चलचित्र माघ २० गतेबाट रिलिज हुदैछ। निर्देशक रिजालकै कथा रहेको चलचित्रमा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशकको लेखन रहेको छ । सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् । बिआर प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा डा. भोला रिजालको निर्माण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्