‘छक्का पन्जा ४’ र ‘छड्के २’ भिडन्त: क्युएफएक्समा दुवै चलचित्र एकसाथ रिलिज हुने


फागुन १९ गते नेपाली बक्स अफिसमा दुई ठुला व्यानरका चलचित्र भिड्दैछन्। दिपक-दिपा समुहको ‘छक्का पन्जा ४’ र अनमोल केसीको ‘छड्के २’ को भिडन्त चर्चा चलेको लामो समय भयो। दुवै चलचित्र यतिबेला पोस्ट प्रोडक्सनको काममा रहेका छन्। देशको ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले केहि समय अगाडी दुइ ठुला चलचित्र एकसाथ रिलिज नगर्ने निर्णय गरेको थियो। रिलिज क्यालेण्डरमा ‘छक्का पन्जा ४’ मात्र समावेश रहेको थियो।

यसरि हेर्दा फागुन १९ मा क्युएफएक्समा ‘छक्का पन्जा ४’ मात्र रिलिज हुने चर्चा थियो। तर अव ‘छड्के २’ पनि सोहि मितिमा रिलिज हुने पक्का भएको छ । दुवै पक्षका निर्माता र वितरक सो मितिबाट हट्न तयार नभएपछि सोहि मितिमा दुवै चलचित्र रिलिज हुने भएको हो। छड्के २ वितरक सुनिल मानन्धरसंग क्युएफएक्स टीमको छलफलमा उनि पछि नहट्ने बताएपछि दुवै चलचित्र एकै मितिमा आउने भएका हुन्।
दुवै बर्षका प्रतिक्षित चलचित्र हुन् । यसले दुई चलचित्र इनिशियल व्यापरमा घाटा हुने पक्का रहेको छ।

प्रतिक्रिया दिनुहोस्