अनमोलले छाडेपछि ‘एक्स ९’ को अफर प्रदिपलाई


लामै समय बाट निर्माण चर्चामा रहेको चलचित्र ‘एक्स ९’ बाट केहि दिन अगाडी नायक अनमोल केसी बाहिरीए। मुकुन्द भट्टको निर्माण र निर्देशनमा निर्माण हुने चलचित्रमा बलिउड अभिनेता सुनिल सेट्टीको समेत अभिनय रहने चर्चा रहेको थियो। तर लामो समय बितिसक्दा समेत चलचित्रको निर्माण टुंगो लागेको छैन।

सोहि कारण अर्को चलचित्रको सेड्युल जुध्ने भन्दै अनमोलले पेस्की रकम फिर्ता गर्दै चलचित्र छाडेका थिए। यहि चलचित्रको अफर लिएर निर्माण टीम प्रदिप खड्कासम्म पुगेको छ । अनमोलले छाडेपछि प्रदिपलाई चलचित्रको अफर लिएर पुगेका निर्माण टिमलाई प्रदिपले शर्त राखेका छन्।

चलचित्रमा काम गर्न उनले बलिउड अभिनेता सुनिल सेट्टी चलचित्रमा हुनुपर्ने शर्त राखेको बुझिएको छ। अव पहिले नै चर्चामा रहेको नामलाई फेरी चलचित्रमा भित्र्याएर निर्माण टिमले प्रदिपलाई मुख्य भूमिकामा लिन सक्ने हो हैन त्यो हेर्न बाँकी रहेको छ। चलचित्रमा सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल, नीति शाह लगायत फाइनल भैसकेका छन्।

प्रतिक्रिया दिनुहोस्