‘ह्यारीकी प्यारी’ मा जितु र साम्राज्ञीको ‘मिठो मिठो’ माया


माघ २० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ह्यारी की प्यारी’ को नयाँ गीत सार्वजनिक भएको छ। सौरभ दास र देवाञ्जली जोशीको स्वरमा रहेको ‘मिठो मिठो’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको हो। गीतमा डा कपिल रिजालको शब्द र युग भुषालको संगीत रहेको छ।

रोमान्टिक शैलीको गीतको भिडियोमा जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर रहेका छन्। पहिलोपटक दुवैले चलचित्रमा सहकार्य गरेका हुन्। जितु र साम्राज्ञीको चरित्र स्थापनामा यो गीतको भिडियो सफल देखिएको छ।

डा कपिल रिजालको निर्माण र निर्देशनमा तयार भएको चलचित्रमा जितु र साम्राज्ञीको साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौड्याल, रञ्जना भट्टराई, समीक्षा पौडेल लगायतका कलाकारको अभिनय रहेको छ। सुदिप बरालले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्