A vertical shot of the black cat in the dark darkness

दिपकसंगको सहकार्यमा प्रदिप खड्काको ‘कामिनो’


‘प्रेमगीत ३’ पछि नायक प्रदिप खड्का नयाँ चलचित्रमा अनुबन्धित भएका छन्। दिपक वलीले निर्देशन गर्ने नयाँ चलचित्र ‘कामिनो’ मा प्रदिप खड्का मुख्य नायकको रुपमा अनुबन्धित भएका हुन्।

निर्माण टिमले सार्वजनिक गरेको पोष्टरमा प्रदिपको नाम उल्लेख गर्दै ४ भाषामा चलचित्र निर्माण हुने बताइएको छ। एक्सिस नेपाल फिल्म्सले निर्माण चलचित्र नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा निर्माण हुनेछ।

दक्षिण अमेरिकाबाट जोखिमपूर्ण यात्रा गरेर अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथा बोल्ने चलचित्रलाई महेश दवाडीले लेखेका छन्। ब्राजिल र मेक्सिकोमा मार्चबाट छायांकन सूर हुने बताइएको चलचित्रको अन्य कलाकारको बारेमा जानकारी गराईएको छैन।

प्रतिक्रिया दिनुहोस्