धिरज मगरको ‘ज्याकी: आइएम ट्वान्टी वान’, जसिता गुरुङ्ग जोडी


नायक धिरज मगर अभिनित चलचित्र ‘ज्याकी: आइएम ट्वान्टी वान’ को औपचारिक घोषणा गरिएको छ । सुटिङ्ग सम्पन्न भैसकेको चलचित्रको पहिले नाम ‘आइएम ट्वान्टी वान’ मात्र रहेको थियो। अव चलचित्रमा ‘ज्याकी’ थपिएको छ।

बिहिबार सरस्वती पूजाको अवसर पारेर निर्माण कम्पनी आइकोर फिल्म्सको युट्युब च्यानलबाट टाइटल भिडियो सार्वजनिक गर्दै चलचित्रको घोषणा गरिएको हो । लक्षित उमेर समुहको मात्र प्रतिनिधित्व गर्ने र प्रमुख चरित्र केन्द्रित नहुने भएकाले शिर्षकमा ‘ज्याकी’ थपिएको निर्माण टिमले जानकारी दिएको छ। रेनशा राई रानाको निर्देशनमा तयार भएको चलचित्र धिरजको साथमा जसिता गुरुङ्ग र अरुण क्षेत्री मुख्य भूमिकामा रहेका छन्।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेको चलचित्र बैशाख २१ मा रिलिज हुने चर्चामा रहेको छ । कोरोना महामारीको समयमा छायांकन गरिएको ‘ज्याकी: आइएम ट्वान्टी वान’ रेनशाको दोस्रो निर्देशकीय चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्