हलमा जितु र साम्राज्ञीको ‘ह्यारी की प्यारी’


डा कपिल रिजालको निर्देशनमा तयार भएको चलचित्र ‘ह्यारी कि प्यारी’ माघ २० गते शुक्रबार बाट रिलिज भएको छ। जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडी पहिलोपटक चलचित्रमा प्रस्तुत गरिएको छ ।

जितु र साम्राज्ञीको साथमा चलचित्रमा विजय बराल मुख्य भूमिकामा रहेका छन्। फरक परिवेशमा रहेका जितु र साम्राज्ञीको जीवनमा आएको उतारचढाव र परिस्थितजन्य अवस्थामा फक्रिएको प्रेमले कुन मोड लिन्छ भन्ने कथामा चलचित्र बगेको छ।

बिआर प्रोडक्सनको व्यानरमा बनेको चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको थियो। चलचित्रको कथाबस्तु र जितु नेपालको फरक अभिनय कोसिसको तारिफ प्रिमियरमा भएको थियो। सुदिप वरालले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

निर्देशक रिजालको कथा रहेको चलचित्रको पटकथा सम्वाद सुदिप वराल, गिरिराज घिमिरे , अभिमन्यु निरावी र कपिल रिजालले लेखेका छन्। प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको चलचित्रले हलमा दर्शकको साथ कस्तो पाउने हो त्यो भने हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्