A vertical shot of the black cat in the dark darkness

शोभित बस्नेतको ‘जय हो’ मा केकी अधिकारी


चलचित्र ‘जय हो’ मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छिन्। टेक पौरखी राइको निर्देशनमा तयार हुने चलचित्रमा सलोन बस्नेत मुख्य अभिनेताको रुपमा रहेका छन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रमा अर्पण थापाको पनि मुख्य भूमिका रहेनछ। शोभित बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा माओत्से गुरुङ्ग लगायतका कलाकारको पनि अभिनय रहनेछ।

चाडै नै सुटिङ्गमा जाने तयारीमा रहेको चलचित्रको निर्माण कम्पनि र अभिनेत्री केकी अधिकारी बीच औपचारीक रुपमा सम्झौता भएको हो। काठमान्डौ, पोखरा, मुस्ताङ्ग लगायतका स्थानमा चलचित्रको सुटिङ्ग हुनेछ। सुरेश न्यौपानेको कथा, शम्भुजित बास्कोटा र सागर आले मगरको संगीत र सौरभ लामाको छायाकन रहनेछ। एक्सन लभ स्टोरी जनराको चलचित्रमा राज के अधिकारी र सुरज सरकार निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्