A vertical shot of the black cat in the dark darkness

‘अगस्त्य’ मा नाजिर र मलिका


सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘अगस्त्य : च्याप्टर वान’ मा नाजिर हुसैन र मलिका महत अनुबन्धित भएका छन्। निर्देशक चौधरीले यसको औपचारिक जानकारी आफ्नो सामाजिक संजाल मार्फत गराएका छन्। चलचित्रमा यस अगाडी अभिनेता सुगत मल्ल मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन्।

बैशाख बाट सुटिङ्ग सुरुवात गर्ने तयारीमा रहेको चलचित्र सस्पेन्स- थ्रिलर जनरामा निर्माण हुनेछ । काठमाडौं र नवलपरासीको साथमा भारतको गोरखपुर र बनारसमा चलचित्रको सुटिङ्ग हुनेछ। लभ डायारिज बाट निर्देशन यात्रा सुरुवात गरेका चौधरीको यो दोश्रो निर्देशकीय चलचित्र हो। डार्क हर्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई प्रकाश मल्ल र अनिश तामाङ्गले निर्माण गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्