दोश्रो शनिबार ‘ह्यारी की प्यारी’ लाइ दर्शकको साथ


जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट रिलिज भएको थियो। डा कपिल रिजालको निर्देशनमा तयार भएको चलचित्रले बम्पर व्यापार गर्न नसके पनि हलमा दर्शकको साथ मिलिरहेको छ। अघिल्लो शनिबार दर्शकको साथ पाएको चलचित्रले दोश्रो शनिबार पनि सोहि माया दर्शक बाट पाएको छ। दोस्रो शनिबार राजधानीका क्यूएफएक्सको भक्तपुर, लाबिम मलका साथै वान् सिनेमा, एफक्यूब लगायतमा चलचित्रको दिवा र रात्री शो प्रायः हाउसफुल थिए ।

चलचित्रका मुख्य कलाकार जितु नेपालले शनिबार देशभर ५०-६० प्रतिशत अकुपेन्सी रहेको र केहि हल हाउसफुल भएको जानकारी दिए। परिवारसहित चलचित्र हेर्न आउने दर्शक बढिरहेको कारण इनिशियल व्यापार वम्पर नभए पनि वर्ड अफ माउथको कारण चलचित्र लामो समय चल्नेमा निर्माण टिमले विश्वास पोखेको छ।
चलचित्र ‘महापुरुष” निर्देशक प्रदिप भट्टराई पनि शनिबार चलचित्र हेर्न पुगेका थिए। उनले जितु नेपाल र विजय बरालको अभिनयको प्रशंसा गरेका छन्। दोश्रो साता आइपुग्दा चलचित्रले १ करोड नजिकको व्यापार गरेको आंकडा रहेको छ। फरक भूगोल र परिवेशका दुई पात्रको उतारचढावमा केन्द्रित चलचित्रमा जीतू र साम्राज्ञीको साथमा विजय बराल, लक्ष्मी गिरी, डिल्लीराम खनाल, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाल लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्