चलचित्रमा प्रदिप र नीतिको जोडी


प्रदिप खड्का र नीति शाहको सहकार्यको चर्चा चलेको केहि समय भयो। ‘प्रेमगीत ३’ मा नीति शाह रहने चर्चा रहेको थियो तर त्यो सहकार्य सम्भव भएन। केहि विज्ञापनमा साथ काम गरेका यी दुई भने अव लगातार चलचित्रमा साथ देखिने सम्भावना बढेको छ। नीति शाहको डेव्यु चलचित्र ‘एक्स ९’ बन्ने पक्का भएको छ। अनमोल केसीको स्थानमा प्रदिप खड्काको इन्ट्री पछी नीति र प्रदिपको पहिलो सहकार्य सम्भव भएको हो। त्यस्तै केहि समय अगाडी नै घोषित मल्टीस्टारर चलचित्र ‘हुतुतु’ मा पनि अभिनेत्रीको रुपमा नीति शाह नै रहेकी छिन्। उक्त चलचित्रमा प्रदिप खड्का पनि मुख्य भूमिकामा रहेका छन् ।

त्यस्तै दिपक वोलीको निर्देशनमा तयार हुने चलचित्र ‘कामिनो’ मा नीतिको इन्ट्रीको चर्चा यतिबेला चलिरहेको छ। चलचित्रमा प्रदिप खड्का, राज बल्लभ कोईराला र वर्षा शिवाकोटीले काम गर्ने पक्का भैसकेको छ। चलचित्रमा नीतिको इन्ट्री भएका उनले लगातार २ चलचित्रमा प्रदिपसंग काम गर्नेछिन्। ‘हुतुतु’ को निर्माण कहिले सुरु हुने त्यसको टुंगो लागि सकेको छैन। नीतिले लामै समय चलचित्रका प्रस्तावलाई अस्विकार गर्दै आएकी थिइन्। अव भने उनी आफ्नो चलचित्र यात्रालाई राम्रोसंग अगाडी बढाउन कोसिसमा रहेकी छिन्। उनी अनुप बरालसंग अभिनय क्लास पनि लिइरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्