‘छड्के २’ : कस्तो रहला चकलेटी लभरव्याईको ग्याङ्गस्टार यात्रा ?


नायक अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘छड्के २’ रिलिजको संघारमा रहेको छ। फागुन १९ गतेलाई रिलिज मिति तय गरेर निर्माण टिमले केहि समय अगाडी टीजर सार्वजनिक गरेको थियो। सार्वजनिक टिजरलाई स्वदेशी देखि विदेशी युट्युवरको रियाक्सन भिडियोले चर्चा बटुल्यो। तर अपेक्षाकृत टिजर सार्वजनिक हुन नसकेको बहस पनि भयो। चकलेटी लभर व्याईको रुपमा देखिदै आएका अनमोलको ग्याङ्गस्टार लुक्स र यसलाई दर्शकले कसरी लिने हुन भन्ने मुख्य चुनौती रहेको छ। प्रचारमा व्यस्त हुनुपर्ने टिम सुस्ताएको देखिएको छ।

ठुला व्यानर र कलाकारका दुई चलचित्र एकसाथ रिलिज हुँदा झन् बढी प्रचारमा खटिनु पर्ने समयमा अस्तव्यस्त बनेको टिमको प्रचार शैली भने आश्चर्य पर्ने रहेको छ। अनमोल केसीको नयाँ लुक्समा चलचित्र कस्तो बनेको छ भनेर हेर्न चलचित्र नगरी र दर्शक उत्सुक रहेका छन्। सुस्ताएको चलचित्र बजार चलाउन अनमोल दर्शक हलसम्म तान्ने कलाकारको रुपमा परिचित रहेका छन्। सोहि कारण पनि फागुन महिना नेपाली चलचित्र क्षेत्रका लागि बिशेष बन्नेमा धेरै आशावादी रहेका छन्। निर्माण टिमले भिटेनको र्याप र अन्य प्रचार सामाग्री रिलिजको तयारी गरेको केहि समय भयो। निगम श्रेष्ठले यो चलचित्रको निर्देशन गरेका छन्। ठुला व्यानर र कलाकारका दुई चलचित्र एकसाथ रिलिज हुँदा झन् बढी प्रचारमा खटिनु पर्ने समयमा अस्तव्यस्त बनेको टिमको प्रचार शैली भने आश्चर्य पर्ने रहेको छ। अनमोल केसीको नयाँ लुक्समा चलचित्र कस्तो बनेको छ भनेर हेर्न चलचित्र नगरी र दर्शक उत्सुक रहेका छन्। सुस्ताएको चलचित्र बजार चलाउन अनमोल दर्शक हलसम्म तान्ने कलाकारको रुपमा परिचित रहेका छन्। सोहि कारण पनि फागुन महिना नेपाली चलचित्र क्षेत्रका लागि बिशेष बन्नेमा धेरै आशावादी रहेका छन्। निर्माण टिमले भिटेनको र्याप र अन्य प्रचार सामाग्री रिलिजको तयारी गरेको केहि समय भयो। निगम श्रेष्ठले यो चलचित्रको निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्