A vertical shot of the black cat in the dark darkness

धिरज मगरको ‘ज्याकी: आई एम ट्वान्टी वान’ बैशाखमा रिलिज, यस्तो बन्यो फस्टलुक


रेनशा वान्तवा राईको निर्देशनमा तयार भएको चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को रिलिज मिति घोषणा गरिएको छ। बैशाख २१ गतेलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गरेको छ। सार्वजनिक भिडियोमा चलचित्रका मुख्य नायक धिरज मगरलाई प्रस्तुत गरिएको छ।

आई कोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा जसिता गुरुङ्ग र अरुण क्षेत्रीको मुख्य भूमिका रहेको छ। डान्सको कथामा आधारित चलचित्रलाई लिएर रेनशा निकै उत्साहित रहेकी छिन्।

चलचित्रको मेकिङ्ग उच्च देखिएको फस्टलुक संगै चलचित्रलाई लिएर दर्शक उत्साहित बन्ने पक्का रहेको छ। धिरज र जसिताको जोडी पहिलोपटक दर्शकले पर्दामा देख्न पाउनेछन्। चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्