सकारात्मक प्रतिक्रिया सहित ट्रेण्डीङ्गको शिर्ष स्थानमा ‘छक्का पन्जा ४’ ट्रेलर


फागुन १९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘छक्का पन्जा ४’ को ट्रेलर फागुन ५ गते रिलिज गरियो। दिपक- दिपाको समुहाको यो प्रतिक्षित चलचित्रको ट्रेलरले दर्शकको राम्रो साथ बटुलेको छ।

रिलिजको २४ घण्टा नबित्दै युट्युव ट्रेण्डीङ्गको शिर्ष स्थानमा चलचित्रको ट्रेलर आइपुगेको छ । सकारात्मक प्रतिक्रिया सहित यो ट्रेलर पहिलो नम्बरमा पुगेको हो। हिट चलचित्र मेकिङ्ग टीमको रुपमा परिचित यो टीमको चलचित्रले यो पटक पनि रेकर्ड तोड व्यापार गर्न सक्ने कमेन्ट दर्शकले गरिरहेका छन् ।

राजनैतिक परिवारको ‘राजा’ अर्थात् दिपकराज गिरिको गुण्डागर्दी र कारागार जीवन पछी राजनैतिक प्रवेश र यसको वरिपरि ट्रेलर घुमेको छ। दर्शकको न मश्तिस्ष्कमा चलिरहेको बिषयलाई टिपेर चलचित्र निर्माणमा माहिर मानिएको टीमको ट्रेलर प्रतिको दर्शकको विश्वासले यसको व्यापार राम्रो हुनसक्ने आंकलन गरिएको छ। हेमराज बिसीको निर्देशनमा तयार भएको चलचित्रमा निर शाह, दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ्ग, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ। निर्मल शर्मा र केदार घिमिरे चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्