A vertical shot of the black cat in the dark darkness

बैशाख १ मा नेपालसंगै अष्ट्रेलियामा ‘प्रसाद २’


बैशाख १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘प्रसाद २’ यतिबेला पोष्ट प्रोडक्सनमा रहेको छ। पुष अन्तिममा सुटिङ्ग सकेट पोष्ट प्रोडक्सनमा रहेको चलचित्रको विदेश राइट्स बिक्रि हुन् थालेको छ। चलचित्रको अष्ट्रेलिया राइट्स गोर्खे इन्टरटेनमेन्ट र नमस्ते इन्टरटेनमेन्टले खरिद गरेको छ।

रञ्‍जित राज वन्त र देव कार्की यी संस्थाका सन्चालक रहेका छन्। चलचित्रका निर्माता सुभाष थापा र रञ्‍जित वन्त बिछ शनिबार चलचित्रलाई लिएर कागजी सम्झौता भएको छ। बैशाख १ मा अव अष्ट्रेलियामा एकसाथ चलचित्र रिलिज हुनेछ। विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, विशाल पहाडी, कमलमणी नेपाल, निमा पाण्डे चलचित्रमा मुख्य भूमिकामा रहेका छन्। पत्रकार सुशील पौडेलले लेखेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्