कार्तिकमा रिलिज तयारीमा सौगात र ऋचाको ‘फाटेको जुत्ता खै’


अर्जुन कुमारको निर्माणमा तयार हुने चलचित्र ‘फाटेको जुत्ता खै’ ले सुटिङ्ग अगावै चलचित्रको रिलिज मिति तय गरेको छ। सौगात मल्ल र ऋचा शर्मा मुख्य भूमिकामा रहने चलचित्र कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने भएको छ। तिहारको छेको पारेर चलचित्र रिलिज गर्ने घोषणा गरिएको हो ।

चलचित्र बिकास बोर्डले दुबईमा आयोजना गरेको नेपाल फिल्म फेष्ट २०२३ मा चलचित्रको औपचारिक घोषणा गरिएको थियो। चलचित्र निर्माणमा अर्जुन कुमारसंग गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र अर्का व्यवसायी धर्मराज अधिकारीले सहकार्य गर्नेछन्। निकेश खड्काले निर्देशन गर्ने चलचित्रको बजेट २ करोड हाराहारी बताइएको छ। अर्जुन कुमार फिल्म्स प्रालिको ब्यानरमा बन्ने चलचित्रको बैशाख देखि नवलपरासीको सुटिङ्ग सुरुवात हुनेछ।

प्रतिक्रिया दिनुहोस्