A vertical shot of the black cat in the dark darkness

हरिवंशको स्वरमा ‘कर्कलो कोक्याउला’, स्वस्तिमा खड्काको जीवन्त अभिनय


बरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ। गीतमा हरिवंशलाई पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले आवाजमा साथ दिएकी छिन्। निकै मिहेनत गरेर निर्माण गरिएको गीतको अडियो कर्णप्रिय रहेको छ। किरण तुलाधरले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ्ग गरेका छन्। राजधानीमा बिहिबार एक कार्यक्रमको आयोजना गरेर गीत सार्वजनिक गरिएको थियो। सार्वजनिक गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन्। विदेशमा कसरि नेपाली चेलीलाई फकाएर लगेर बेचिन्छ भन्ने कथा भिडियोले बोलेको छ। भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेस त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय रहेको छ। गीतिनाटक शैलीमा निर्माण भएको गीतको भिडियो निकै आकर्षक बनेको छ। हरिवंश र स्वस्तिमाको जिवन्त अभिनयले भिडियोलाई थप प्राण थपेको छ। काभ्रे र दक्षिणकालीमा खिचिएको भिडियोलाई सुशील सापकोटाले खिचेका छन्।

प्रतिक्रिया दिनुहोस्