‘छड्के २ ‘ ट्रेलर: कस्तो छ अनमोलको ग्याङस्टार लुक्स?


अनमोल केसीका चलचित्र सधै प्रतिक्षित रहने गर्दछन्। चकलेटी लभरव्याईका रुपमा देखिदै आएका अनमोल ग्याङस्टारको भूमिकामा देखिएको चलचित्र ‘छड्के २’ को ट्रेलर सार्वजनिक गरिएको छ।

फागुन १९ गतेलाई रिलिज मिति तय गरिएको चलचित्रको ट्रेलरले प्राकृतिक श्रोतलाई हत्याउन र आफ्नो भागमा पार्न तीन ग्याङको लडाईलाई मुख्यको रुपमा प्रस्तुत गरेको छ। एक ग्याङको नाईकेको रुपमा अनमोललाई देखाईएको छ।

मेनडगको क्यारेक्टरमा उनि प्रस्तुत भएका छन्। निर्देशक समेत रहेका निगम श्रेष्ठ खाजुरे नामक पात्रमा देखिएका छन्। रेशा आले मगर चलचित्रमा यांकीको रुपमा देखिएकी छिन् । ग्रिन ग्याङको नेतृत्व गरेका अनमोललाई लभव्याई बाट ग्याङस्टर रुपान्तरण कस्तो देखिने त्यो फागुन १९ गतेपछि थाह हुनेछ। उनको यो रुपान्तरणले लभ जनरा भन्दा भिन्न जनारमा उनको उपस्थिति कस्तो रहने हो भन्ने पनि थोरबहुत निर्क्योल गर्नेछ। चलचित्र रविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, चिरन्जिबी अधिकारी र कुमार घलानको पनि अभिनय रहेको छ । निर्वाणा फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा बनेको चलचित्रलाई प्रशान्त गिरी र देवकुमार श्रेष्ठले निर्माण गरेका हुन् । निगमको नै कथा रहेको चलचित्रमा मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्