‘नाइँ न भन्नु ल ६’ मा डेव्यु नायकको एक्सन अवतार, प्रेमिल आंचल


बैशाख १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘नाई न भन्नु ल ६’ को पोष्टर र टिजर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार चलचित्रको पोष्टर र टिजर सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा नव-नायक आशिर्वाद क्षेत्रीको एक्सन र अभिनेत्री आंचल शर्मा संगको प्रेम देख्न सकिन्छ।

विकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रका अघिल्ला संस्करणले दर्शकको राम्रो साथ पाएका छन्। विकासराज आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन रहेको चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारको पनि अभिनय रहेको छ। चलचित्र मार्फत बाल कलाकारको रुपमा निखिल उप्रेती र संचिता लुइँटेलका चुरा अथर्व उप्रेती बाल कलाकारको रुपमा डेव्यु गर्दैछन्।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्