ट्रेलर सार्वजनिक गर्दै ‘प्रसाद २’ को रिलिज मिति हेरफेर


चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार बिहान सार्वजनिक गरेको ट्रेलर निकै आकर्षक देखिएको छ। ‘प्रसाद’ को कथा सार अगाडी बढाउदै फरक हिसाबले समेटिएको ट्रेलरले परिवार संगै राजनैतिक कथालाई पनि उठान गरेको छ। चलचित्रमा विपिन कार्की, केकी अधिकारी र अर्पण थापा मुख्य भूमिकामा रहेका छन् । तिनै जना ट्रेलरमा अब्बल देखिएका छन्।

सुदर्शन थापा निर्देशित चलचित्रले आफ्नो रिलिज मिति समेत फेरबदल गरेको छ। बैशाख १ गतेलाई रिलिजम मिति तय गरिएको चलचित्र अब चैत्र २४ मा रिलिज हुनेछ। यहि बर्षको अन्त्यमा रिलिज मिति तय गरेको चलचित्र नेपाली दर्शकका लागी प्रतिक्षित रहेको छ।

सुवास थापाको प्रस्तुति रहेको चलचित्रमा सुदर्शन बस्नेत निर्माताको रुपमा रहेका छन्। चलचित्रलाई संचारकर्मी सुशील पौडेलले लेखेका हुन्। चलचित्रमा महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्