A vertical shot of the black cat in the dark darkness

बैंककको नेपाली राजदुतावासमा दिलिप, प्रियंका र केकीको होली (फोटोफिचर)


रंगहरुको पर्व होली नेपालीहरुले आफु भएको स्थानमा नै मनाएका छन्। विश्वको विभिन्न स्थानमा नेपालीले मनाएका होलीका तस्विर सार्वजनिक भैरहेका छन्।

कामको शिलशिलामा विश्वका विभिन्न भूभागमा पुगेका नेपालीले सद्भाव र भाईचारा साट्दै रंगसंगी प्रेम साटेका छन्। यहि बिचमा नेपाली चलचित्र क्षेत्रका केहि सफल कलाकारले बैंककमा होली मनाएका छन्।

बैंककमा रहेको नेपाली एम्बेसीमा त्यहाँ पुगेका चर्चित गायक आनन्द कार्की, अभिनेता दिलिप रायमाझी, अभिनेत्री प्रियंका कार्की र केकी अधिकारी, संचारकर्मी नरेश भट्टराई लगायतले एम्बेसीमा पुगेर होली मनाएका हुन्। एक कार्यक्रमको शिलशिलामा यी सहित केहि कलाकार बैंककमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्