ज्ञानेन्द्रको निर्देशनमा रेखा, पूजा र आंचल एकै चलचित्रमा


नेपाली चलचित्र क्षेत्रकी सर्बाधिक सफल अभिनेत्री हुन् , रेखा थापा । दर्जनौ हिट चलचित्र र लिडीङ्ग लेडीको छवि रेखाले बनाएकी छिन्। केहि बर्ष चलचित्र निर्माण र अभिनय बाट टाढा रहेकी रेखा अव चलचित्रमा फर्कने भएकी छिन्। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुने अनटाइटल प्रोजेक्टमा रेखाको अभिनय र निर्माण रहनेछ। उनको साथ नेपाली चलचित्र क्षेत्रका पछिल्लो पुस्ताका सर्वाधिक चर्चित अभिनेत्रीहरु पूजा शर्मा र आंचल शर्मा मुख्य भूमिकामा रहनेछन्। रेखा, पूजा र आंचल एकसाथ अभिनयले चलचित्र पक्कै दर्शकका लागि प्रतिक्षित बन्नेछ। बैशाखबाट सुटिङ्गमा जाने चलचित्रको स्क्रिप्ट सुलक्षण भारतीले लेखिरहेका छन्।

एक होलि कार्यक्रममा यो चलचित्रका लागी उत्साहित रहेको र मिहेनत पनि गरिरहेको पूजाले प्रतिक्रिया दिएकी छिन्। ज्ञानेन्द्र र रेखाले यसअगाडी ‘देवरबाबु’ र ‘हिफाजत’ मा सहकार्य गरेका छन् भने आंचलले ज्ञानेन्द्रको निर्देशनमा ‘झिङ्गेदाउ’ मा काम गरेकी छिन्। महिलाप्रधान रहने बताइएको चलचित्रलाई पूर्णकमर्शियल बनाउने तयारीमा निर्माण टीम रहेको छ।

प्रतिक्रिया दिनुहोस्