‘पशुपति प्रसाद २ : भष्मे डन’ को डिजिटल राइट्सलाई ९५ लाख


‘पशुपति प्रसाद २ : भष्मे डन’ को चर्चा घोषणा संगै चुलिदै गएको छ। प्रतिक्षित चलचित्रको रुपमा हेरिएको यो चलचित्रले आगामी बर्षको दशैँलाई रिलिज मिति तय गरेको छ। छायाकनको तयारीमा रहेको चलचित्रको डिजिटल राइट्स बिक्रि भएको छ। नेपाली चलचित्रको इतिहासमा सर्वाधिक महँगो मुल्यमा चलचित्रको डिजिटल राइट्स बिकेको निर्माण टिमले जानकारी गराएको छ। डिजिटल कम्पनी ओएसआर डिजिटलले चलचित्रलाई ९५ लाखमा खरिद गरेको छ।


दिपेन्द्र के खनालको निर्देशनमा बन्ने चलचित्रमा खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहनेछ। चलचित्रको केन्द्रिय भूमिकामा विपिन कार्की रहेका छन् भने सौगात मल्ल र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहनेछन्।

प्रतिक्रिया दिनुहोस्