रवि ओडको ‘ओई मेरी रामप्यारी’ मा सुशान्त र लोसिनाको जोडी


लामो समयको अष्ट्रेलिया बसाईपछि अभिनेता सुशान्त कार्की यतिबेला नेपालमा रहेका छन्। नेपाल फर्किएका सुशान्त यतिबेला म्युजिक भिडियोमा सक्रिया रहेका छन्। करिव एक दर्जन चलचित्रमा काम गरेका सुशान्तको नयाँ म्युजिक भिडियो रिलिज भएको छ।


रवि ओडको स्वरमा रहेको ‘ओई मेरी रामप्यारी’ गीतको भिडियो रिलिज भएको हो । हर्क साउँदको शब्द रचना र एसडी योगीको संगीत रहेको गीतको भिडियोमा सुशान्तलाई मोडल लोसिना लामिछानेले साथ दिएकी छन् ।

प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिवराम श्रेष्ठको छायाकन र नविन निरौलाको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्