A vertical shot of the black cat in the dark darkness

बर्षाको सप्राइज इन्ट्री संगै ‘पशुपति प्रसाद २: भष्मे डन’ को मुहर्त


७ बर्ष अगाडीको सुपरहिट चलचित्र ‘पशुपति प्रसाद’ को नयाँ संस्करण ‘पशुपति प्रसाद २: भष्मे डन’ को शुभमुहर्त गरिएको छ। पशुपति मन्दिरमा चलचित्रको टीमले पूजा गर्दै औपचारिक सुरुवात गरेको हो। चैत्र १० गतेबाट सुटिङ्ग सुरुवात गर्ने चलचित्रको स्क्रिप्ट र क्यामेराको पुजा गरिएको थियो।

मुहर्त समारोहमा चलचित्रका कलाकार र निर्माण टिम उपस्थित रहेको थियो। दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्रमा खगेन्द्र लामिछानेको कथा र निर्माण रहनेछ। चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ लगायतको अभिनय रहनेछ। चलचित्रमा बर्षा शिवाकोटी सप्राईज प्याकेजको रुपमा रहेकी छिन्। मुहर्त समारोहमा बर्षा पनि उपस्थित रहेकी थिइन्। टुकी आर्टस्को ब्यानरमा निर्माण हुने चलचित्र आगामी बर्षको दशैँको फूलपातीमा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्