भदौ ८ मा ‘जय हो’ रिलिज हुने, सलोन संगै अर्पण र केकी मुख्य भूमिकामा


सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘जय हो’ को औपचारिक घोषणा गरिएको छ। चैत्र ५ गते बाट सुटिङ्गमा जाने चलचित्रको बिहिबार साँझ काठमाडौंमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो। चलचित्र आगामी वर्षको भदौ ८ गतेबाट रिलिज हुनेछ। चलचित्रलाई मुस्ताङमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत खिचिनेछ ।

टेक पौरखी राईको निर्देशनमा तयार हुने चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ लगायतको अभिनय रहनेछ। राज के अधिकारी र सुरज सरकार निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

सौरभ लामाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन रहने जय हो’मा सुरेश न्यौपानेको कथा, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्