रमितको पहलमा स्नेही काखलाई २१ लाख सहयोग


नेपाली चलचित्र क्षेत्रका ३ नायकको पहलमा नेपाल स्नेही काखलाई २१ लाख बराबरको रकम सहयोग गरिएको छ।
लामो समयबाट सडकमा बेबारिसे रहेका अशक्त, गरिब र असाहयको सहारा बनेको स्नेही काखलाई अमेरिका बस्ने मेग सुवेदी र मन सुवेदीले प्रदान गरेको ११ लाख रुपैयाँ यी तीन नायकले स्नेही काख की संचालक श्रीनेहा पोख्रेललाई हस्तान्तरण गरेका हुन्।
बाँकी १० लाख चाडै हस्तान्तरण गरिने नायक रमित ढुंगानाले एम एन एम नेपाललाई जानकारी दिएका छन् ।
नेपाल स्नेही काखले गरिब, दुखि, असहाय र अशक्तका लागी अस्पताल निर्माणको तयारी गरिरहेको हुदा सो परियोजनाका लागी सहयोग गरिएको हो।

प्रतिक्रिया दिनुहोस्