‘प्रसाद २’ गीतमा विपिन र केकी संग सरोज र आश्मा


चैत्र २४ गते बाट रिलिज तयारीमा रहेको चलचित्र ‘प्रसाद २’ को पहिलो गीत सार्वजनिक भएको छ। राजनराज शिवाकोटी र मिलन नेवारको आवाजमा रहेको ‘मार्सी धान’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा राजनराजको शब्द र संगीत रहेको छ। विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा विपिन कार्की, केकी अधिकारी , सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर रहेका छन्।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई संचारकर्मी सुशील पौडेलले लेखेका हुन्। सुदर्शन बस्नेत निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता सुवास थापा हुन्। चलचित्रमा विपिन र केकीको साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।


पहिलो शृंखलाले दर्शक र समिक्षकको राम्रो साथ भएको थियो। मौलिक कथा र प्रस्तुती बोकेको प्रसादको नाम सिक्वेल ‘प्रसाद २’ व्यापारिक हिसावले सफल हुने आंकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्