‘नाइँ न भन्नु ल ६’ शिर्ष गीतमा रोमान्टिक आंचल र आशिर्वाद


बाल मनोविज्ञान र तन्नेरी प्रेमको कथामा चलचित्र बनाउन माहिर मानिने निर्देशकमा पर्छन् , विकास राज आचार्य। ‘नाइँ न भन्नु ल’ का सवै सिरिजले सोही कथा बोल्ने गर्दछ। चलचित्रको छैटौ सिरिज बैशाख १ गतेबाट रिलिज हुदैछ। विकास यस्ता निर्देशक हुन् जसले नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकारको जन्म गराउने गर्दछन्। पल शाह, आंचल शर्मा, बर्षा शिवाकोटी, बर्षा राउत लगायतका कलाकार विकासकै चलचित्रबाट परिचित भए।

‘नाइँ न भन्नु ल ६’ बाट आशिर्वाद क्षेत्री नायकको रुपमा डेव्यु गर्दैछन्। आंचल शर्मासंग उनको जोडी बाँधिएको छ। एक गीत र टिजर केहि समय अगाडी सार्वजनिक भएको थियो। निर्माण टीमले चलचित्रको शिर्ष गीत सार्वजनिक गरेको छ।

‘तिम्रो आँखामा आँखा जुधाइ भन्न मन छ एउटा कुरा’ बोलको गीतमा प्रताप दासको स्वर र वसन्त सापकोटाको संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा आंचल र आशिर्वाद फिचर रहेका छन्। आंचल र आशिर्वादको लभ केमेष्ट्री भिडियोमा आकर्षक देखिएको छ।

चलचित्रमा अर्थव उप्रेती बाल कलाकारको रुपमा डेव्यु गर्दैछन्। अनुभव रेग्मी, प्रियंका कार्की, केकी अधिकारी लगायतको चलचित्रमा अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्