पहिलोपटक संगै देखिदै सौगात र प्रदिप, बैशाखबाट सुटिङ्ग


अभिनेता सौगात मल्ल र प्रदिप खड्काले पहिलोपटक साथ सहकार्य गर्ने भएका छन्। दिपक वलीको निर्देशनमा तयार हुने चलचित्र ‘कामिनो’ मा सौगात मल्लको प्रवेश भएको छ। सौगातको प्रवेश संगै प्रदिप र सौगातले संगै काम गर्ने पक्का भएको हो। प्रदिप यस अगाडी नै चलचित्रको मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् ।

वर्कसप सम्पन्न गरेर चाडै नै चलचित्र सुटिङ्गमा जाने तयारीमा रहेको छ। बैशाख १५ गतेबाट सुटिङ्गमा जाने तयारीमा रहेको चलचित्रमा राजबल्लब कोईराला, बर्षा शिवाकोटी, नीति शाह यस अगाडी नै अनुबन्धित भैसकेका छन्। निर्देशक वलीले चलचित्रमा कलाकारको लाइनअप बलियो बनाएका छन्। जोखिमपूर्ण तरिकाले हिडेर अमेरिका जाने कथामा चलचित्र निर्माण हुन लागेको हो। तीन करोडभन्दा बढीको लगानीमा निर्माण हुन लागेको चलचित्रलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस गरी चार भाषामा रिलिज गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्