A vertical shot of the black cat in the dark darkness

‘हिमालय रोडिज’ को जजमा प्रियंका कार्की


रियालिटी शो ‘हिमालय रोडिज’ को पाँचौ सिजनको जजको रुपमा अभिनेत्री प्रियंका कार्कीको इन्ट्री भएको छ । प्रियंकासंगै आशिष राना लाउरे र अनुपविक्रम शाही जजको रुपमा अनुबन्धित भएका छन्। बाँकि एक जान जजको टुंगो चाडै लाग्ने निर्देशक सिमोस सुनुवारले जानकारी दिए ।

अभिनेत्री दिया मास्के यो पटक जजको रुपमा रहने सम्भावना कम रहेको बताइएको छ। निर्देशक सुनार र अभिनेत्री कार्की लगातार सहकार्यको मुडमा रहेका छन्। केहि समय अगाडी मात्र सेफ नेपाल दुवैले छाडेका थिए। यो सिजनको होस्टको रुपमा सुरज सिंह ठकुरी अनुबन्धित भैसकेका छन्। बैशाख १० गतेबाट शोको सुटिङ्ग गर्ने सोचमा निर्माण टीम रहेको छ।

प्रतिक्रिया दिनुहोस्