महँगो मुल्यमा शोभितले बेचे ‘जय हो’ को विदेश राइट्स


शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र ‘जय हो’ ले केहि दिन अगाडी छायांकन सुरुवात गरेको छ। टेक पौरखी राई निर्देशित चलचित्रको छायांकन यतिबेला पोखरामा भैरहेको छ। छायांकनको क्रममा नै रहेको चलचित्रको विदेश राइटस बिक्रि भएको छ। नमस्ते इन्टरटेनमेन्टले ६० लाखमा चलचित्रको विदेश राइटस खरिद गरेको हो।

अव चलचित्रलाई नेपाल बाहिर प्रदर्शन गर्न नमस्ते इन्टरटेनमेन्टसंग सहकार्य गर्नुपर्ने छ। यो कम्पनीले यस अगाडी ‘छक्का पञ्जा ४’, ‘दुई नम्बरी’, ‘आमा’ जस्ता चलचित्रलाई अष्ट्रेलियामा प्रदर्शन गरेको थियो। चलचित्रको डिजिटल राइटस पनि बिक्री भैसकेको छ। यसले निर्माण टिमलाई सहज हुने पक्का देखिन्छ।

चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी , निशा अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ। सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रमा राज के अधिकारी र सुरज सरकार निर्माताको रुपमा रहेका छन्। चलचित्र भदौ ८ गतेबाट रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्