प्रिमियरमा ‘प्रेमा’ लाई कस्तो मिल्यो प्रतिक्रिया ?


चैत्र १७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘प्रेमा’ को प्रिमियर गरिएको छ। बुधबार साँझ चलचित्रको प्रिमियर समारोहमा चलचित्रको टीम र आमन्त्रित अतिथि र पत्रकार सहभागी भएका थिए। चलचित्रको प्रिमियरमा निर्देशक प्रदिप भट्टराई , नायिका अञ्जना बराइली, सध्या केसी, कुन्साङ्ग बोम्जन लगायतका अतिथि पुगेका थिए।

चलचित्र हेरेपछि आमन्त्रित अतिथिले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन्। महापुरुष अभिनेत्री अञ्जना बराइलीले चलचित्रको कथा र प्रस्तुतीकारण भिन्न लागेको प्रतिक्रिया दिएकी छिन्। केहि समयको अन्तराल पछि मीडियामा देखिएकी सन्ध्या केसीले चलचित्रका प्रमुख कलाकारको अभिनय राम्रो रहेको प्रतिक्रिया दिएकी छिन्। मोडल कुन्साङ्गले लामो समयपछी राम्रो लभस्टोरी भएको चलचित्र हेरेको प्रतिक्रिया दिए।

चलचित्रको प्रिमियर पछि पाएको प्रतिक्रियाले चलचित्रका कलाकार उत्साहित देखिएका छन्। गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको चलचित्रमा अरुण क्षेत्री, शुभेच्छा खड्का र शृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेका छन्।

बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको चलचित्रमा हिउँवाला गौतम, विमला केसी, पुरण जोशी, सविन बास्तोला,सुरेन्द्र बसेल लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्