A vertical shot of the black cat in the dark darkness

दयाहाङ र सौगातको ‘हात्तीछाप’ मध्य पूर्वी मुलुकमा विक्री


दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा रहने चलचित्र ‘हात्तीछाप’ को औपचारीक घोषणा हुने बाँकी रहेको छ। निर्माता किरण नेपालीले कलाकारसंगको सम्झौता आफ्नो सामजिक संजालमा पोष्ट गरेका थिए। केहि महिना पछि मात्र चलचित्र सुटिङ्गमा जाने सम्भावना रहेको छ। तर चलचित्र सुटिङ्गमा जानु अगावै चलचित्रको मध्य पूर्वी मुलुकमा प्रदर्शन अधिकार विक्री भएको छ ।

नेप फिल्मले यो चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको हो । नेप फिल्मका प्रमुख रमेश ढकालले चलचित्रको प्रदर्शन अधिकार महँगो मुल्यमा खरिद गरेको बताईएको छ। सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्रमा उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने र कविता आलेको अभिनय रहनेछ । रेड बर्ड प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्