A vertical shot of the black cat in the dark darkness

कानुनी झमेला पार गर्दै बैशाख १५ मा ‘प्रसाद २’ रिलिज तय


चैत्र २४ गते रिलिज हुन नसकेको चलचित्र ‘प्रसाद २’ ले नयाँ रिलिज मिति पाएको छ। कानुनी झमेलामा परेको चलचित्रले सवै कुरा मिलाउदै बैशाख १५ गतेलाई रिलिज तय गरेको हो। घोषणा देखि नै प्रतिक्षित बनेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन्।

अनेक अड्चन र विवाद खेप्दै निर्माण भएको चलचित्र रिलिज त्यति सहज रुपमा हुन सकेन। केकी अधिकारी , विपिन कार्की, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई सुभाष थापाले निर्माण गरेका हुन्। चलचित्रलाई संचारकर्मी सुशील पौडेलले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्