निश्चलको निर्देशनमा ‘दिमाग खराव’ , कार्तिकमा रिलिज तय


नेपाली चलचित्र क्षेत्रलाई ‘लुट’ चलचित्र दिएर चलायमान बनेका निर्देशक हुन् , निश्चल बस्नेत। उनको इन्ट्री पछि दर्शक र चलचित्र क्षेत्रले नै धेरै अपेक्ष उनीमाथि राख्यो। फरक स्वाद दिएर दर्शकलाई रिझाउन सफल बस्नेत पछिल्लो समय अभिनयमा बढी व्यस्त रहे। केहि चलचित्र निर्देशन गर्ने हल्ला चले पनि त्यो हल्ला मात्र भयो। अन्तत: दर्शकले निश्चलको निर्देशनमा नयाँ चलचित्र हेर्न पाउने भएका छन्। ‘दिमाग खराव’ चलचित्रले आफ्नो प्रदर्शन मिति पनि तय गरेको छ।

निश्चलले आफ्नो सामाजिक संजाल मार्फत उक्त कुराको जानकारी दिएका हुन्। चलचित्र २०८० को कार्तिक २४ गते प्रदर्शनमा आउनेछ। तिहारको विदाको फाइदा उठाउन चलचित्र उक्त मितिमा आउन लागेको हो। रौनक विक्रम कँडेलको लगानी रहने चलचित्रमा सौगात मल्ल अनुबन्धित भैसकेका छन्। दयाहाङ राई, स्वस्तिमा खड्का र बुद्धि तामाङ चलचित्रमा रहने चर्चा रहेको छ। निर्देशक बस्नेत र छक्का पन्जा समुह बीच चलचित्रमा सहकार्यको बिषयमा छलफल समेत भैरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्