A vertical shot of the black cat in the dark darkness

गौरव र नम्रताको ‘नम्बरी सुन’ भदौ १ मा


भदौ १ गतेलाई रिलिज मिति तय गर्दै चलचित्र ‘नम्बरी सुन’ ले पोष्टर सार्वजनिक गरेको छ। नयाँ बर्षको अवसर पारेर शुक्रबार सार्वजनिक गरिएको पोष्टरमा गौरव पहारी र नम्रता सापकोटा देखिएका छन्। बेहुलीको पहिरनमा देखिएकी नम्रतालाई गौरवले आफ्नो काँधमा बोकेका छन्।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी रहेको छ। चलचित्रमा
सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायतको अभिनय रहेको छ। नारायण खातीको कथा तथा प्रस्तुति रहेको चलचित्रको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्