‘छक्का पन्जा ४’ प्रदर्शनको ५१ औ दिनमा, १६ वटा हलमा राख्यो रेकर्ड


२०७९ फागुन १९ गते रिलिज भएको चलचित्र ‘छक्का पन्जा ४’ ले प्रदर्शनको ५१ औ दिन पार गरेको छ। एनालग जमानामा प्रदर्शनको ५१ र १०० दिन पार गर्नु सामान्य जस्तै रहेको थियो। तर डिजिटल युगमा भने कमै चलचित्र यो मानक पार गर्ने गर्दछन्। फागुन १९ बाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा ४’ ले २०८० को बैशाख ९ गते शनिबार प्रदर्शनको ५१ औ दिन मनाएको छ ।

देशभरका १६ वटा हलमा चलचित्र यो सफलता हासिल गरेको हो । चलचित्रले २० करोड भन्दा माथिको ग्रस कलेक्सन गरेको बताईन्छ। तर निर्माण टीमले एकिन आंकडा भने सार्वजनिक गरेको छैन। जे होस् , २०७९ सालमा रिलिज भएको यो चलचित्रले ब्लकबस्टर व्यापार गरेको छ। राजनैतिक विषयवस्तुलाई प्रमुख आधार बनाएर निर्माण गरेको चलचित्रलाई हेमराज विसीले निर्देशन गरेका छन्। चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, बेनिशा हमाल, दीपाश्री निरौला, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्