कस्तो रहला बक्स अफिसमा केकी र आंचलको प्रतिष्पर्धा ?


दुई अभिनेत्री केकी अधिकारी र आंचल शर्माले बर्ष २०७९ मा हिट चलचित्र ‘झिङ्गे दाउ’ मा संगै सहकार्य गरे। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रले दर्शकको उल्लेख्य साथ पायो। केकी र आंचल दुवै हलहलमा दर्शकको प्रतिक्रिया लिन पुगे। चितवन र बुटवलका हलमा आंचल एक्लै पुगेर दर्शकसंग प्रतिक्रिया लिईन्। दुवैले चलचित्रको प्रचार देखि दर्शक भेट्न समेत मिहेनत गरे। दुवैको नेपाली दर्शक माझ राम्रो क्रेज रहेको छ। सोहि कारण पनि चलचित्र सफलताको श्रेय कुनै एक अभिनेत्रीलाई मात्र जादैन। दुवै अभिनेत्रीको बक्स अफिस भिडन्त बैशाख १५ गते शुक्रबार बाट रिलिज हुदैछन्। यसलाई दुवैको क्रेजको अग्निपरिक्षाको रुपमा पनि हेरिदैछ । दुवै ब्राण्ड बनाइसकेका चलचित्र लिएर दर्शकलाई भेट्न आउदैछन्।

केकी मुख्य भूमिकामा रहेको चलचित्र ‘प्रसाद २’ ले प्रिमियरमा नै राम्रो समिक्षा बटुलेको छ। यो चलचित्रमा स्टारको उपस्थिति रहेको छ। निर्देशक सुदर्शन थापा, अभिनेता विपिन कार्की र अर्पण थापा यो चलचित्रमा रहेका छन्।

आंचल ‘नाइँ न भन्नुल ६’ लिएर आउदैछिन्। यहि चलचित्रको चौथो सिक्वेल मार्फत डेव्यु गरेकी आंचलको करियर सुखद नै रहेको छ। यो चलचित्रमा उनले नयाँ हिरो आशिर्वाद क्षेत्रीसंग जोडी बाँधेकी छिन्। केकी अधिकारी र प्रियंका कार्की अतिथि भूमिकामा देखिएका छन्। अनुभव रेग्मी, अथर्ब उप्रेती लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ । विकास राज आचार्य कृत चलचित्रका हरेक सिक्वेल सफल रहेका छन्।

आंचल भने यसलाई अभिनेत्रीको प्रतिष्पर्धाको रुपमा नलिएको बताउछिन्। दर्शकलाई जुन चलचित्र मन पर्छ त्यहि हेर्नुहुन्छ। चलचित्रको टीमले चलचित्र उत्कृष्ट बनाउन मिहेनत गरेको र दर्शकले साथ दिने उनको बुझाई छ। उनले केकी र आफ्नु प्रतिष्पर्धाको रुपमा हेर्न नहुने समेत बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्